चितवन एमाले अध्यक्षमा पाठक


चितवन – नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्।

एमाले चितवनको ११औँ जिल्ला अधिवेशन आज बिहान सम्पन्न मतगणनाबाट ६ सय ६ मत प्राप्त गर्दै पाठक अध्यक्ष निर्वाचित भए। उनका निकटतम प्रतिद्धन्दी घनश्याम कँडेलले ९३ मत प्राप्त गरे। पाठक यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिए।

उपाध्यक्षमा श्याम कुमार बिष्ट ४०४ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मत प्राप्त गरे। सचिवमा प्रकाश ढुङ्गाना ४६६ मत प्राप्त गर्दै विजयी भए। प्रतिस्पर्धी पदमपाणि सुवेदीले २२१ मत प्राप्त गरे। यस्तै उपसचिव (खुल्ला) मा २४० मत प्राप्त गर्दै मीनबहादुर परियार विजयी भए। केशव आचार्यले २०६ मत, टीकाराज रिजालले १५० मत र गोपाल परियारले ७९ मत प्राप्त गरे।

उपसचिव (महिला) तर्फ ज्वाला पुरी वनले ३६६ मतका साथ विजयी भइन्। प्रतिस्पर्धी जानकी शर्माले ३१० मत प्राप्त गरिन्।

प्रतिक्रिया