वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट विनियोजन


काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वन तथा वातावरण १५ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

आगामी वर्ष वन डढेलो नियन्त्रण गर्न उपकरण किन्ने घोषणा अर्थमन्त्री वर्षमान पुनले बताए । आगामी वर्ष कार्बन उत्सर्जन न्यूनीकरणमा जोड दिइने बताए । यसलाई आम्दानीको स्रोतमा उपयोग गर्ने समेत उनले बताए ।

कोशी र कर्णालीमा रेड कार्यक्रम कार्यान्वयन गरिने उनले बताए । हरियाली बढाउन जलाधार क्षेत्रमा जलभरण कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।

प्रतिक्रिया