

खेल पूर्वाधारलाई एक अर्ब ३० करोड विनियोजन

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा एक अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणका क्रममा सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
उनले आगामी आर्थिक वर्षमा राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता हुने र बाघचाल, डन्डिबियो र घोडचढी जस्ता परम्परागत खेललाई प्रवर्द्धन गरिने बताए ।
काठमाडौँको मूलपानी र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिने पनि उनले उल्लेख गरे ।

