आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको घोषणा


काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

नयाँ गन्तव्यको पहिचान र विकास गर्न प्रोफाइल बनाउने उनले बताए । पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइनेसमेत उनले बताए ।

भारत र चीनमा पर्यटकीय लक्षित मेला गर्ने भन्दै उनले सीमावर्ती जिल्लामा यस्तो अभियान चलाइने उनले बताए । उनले पर्यटनमा अधिकांश पुरानै कार्यक्रमहरू प्रस्तुत गरे ।

रामजानकी मन्दिरलाई विवाह हब बनाउने उनले बताए ।

प्रतिक्रिया