

गाँजा खुलाइने, घरेलु मदिरा ब्रान्डिङ गरिने

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेका छन् ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले औषधि प्रयोजनका लागि गाजाको व्यावसायिक उत्पादनको कानुनी व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
सरकारले नेपालमा प्रतिबन्धित अवस्थामा रहेको गाँजा खुलाउने गरी कानुन बनाउने भएको छ।
त्यसैगरी मन्त्री पुनले घरेलु मदिरा ब्रान्डिङका लागि आवश्यक काम थाल्ने बताए । उनले त्यसका लागि आवश्यक परेमा कानुनसमेत बनाउने योजना बजेट भाषणका क्रममा सार्वजनिक गरे ।

