गृहमन्त्री रवि लामिछानेको घोषणा : महिला ट्राफिकले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने


काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो घोषणा गरेका हुन् । उनले लेखेका छन्–‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’

उनले त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने उनले बताएका छन् ।

प्रतिक्रिया