करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु


कपिलवस्तु- विद्युतको लाइन मर्मत गरिरहेको बेलामा करेन्ट लागेर कर्मचारीको मृत्यु भएको छ  । मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाका ईलेक्ट्रिसियन ३१ वर्षीय दिनेश चन्द्र मिश्रा रहेका छन्।

सोमबार राति यशोधरा गाउँपालिका-६ को रंगपुरमा हावाहुरीका कारण फ्युज भएको टन्सफार्मर बनाउँदै गर्दा करेन्ट लागेर मिश्राको मृत्यु भएको प्राधिकरण तौलिहवा शाखाले जनाएको छ ।

मृतक मिश्राको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको प्रहरी नायब निरीक्षक हरिबहादुर वलीले बताए ।

प्रतिक्रिया