

टी–२० विश्वकपको अभ्यास खेलमा अस्ट्रेलिया टोलीमा ९ खेलाडी मात्रै !

काठमाडाैं- आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियासँगको अभ्यास खेलमा अस्ट्रेलियाको टोलीमा ९ जनामात्रै खेलाडी हुने भएका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेका खेलाडीलाई घरपरिवारसँग समय बिताउनका लागि क्रिकेट अस्ट्रेलियाले छोटो समयको बिदा दिएकाे छ । साेही कारण भोलि हुने नामिबियासँगको अभ्यास खेलमा अस्ट्रेलियाको टोलीमा ९ जनामात्रै खेलाडी रहने भएका हुन् ।
आईपीएल खेलेका अस्ट्रेलियाका कप्तान मिचेल मार्श, प्याट कमिन्स, ट्राभिस हेड, मिचेल स्टार्क ग्लेन म्याक्सवेल र क्यामरन ग्रीन भारतबाट अस्ट्रेलिया जाँदैछन् । आउँदो जुन ५ मा ओमानसँगको टी–२० विश्वकप खेलअघि उनीहरू वेस्ट इन्डिज बताइएकाे छ ।

