कार्यादेश टुङ्ग्याउन शीर्ष नेताको बैठक आज


काठमाडौं – सहकारी संस्थाको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन सोमबार शीर्ष नेताको बैठक बस्ने भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार आइतबार बिहान ९ बजे बस्ने तय भएको बैठक सोमबारलाई सारिएको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको बैठकबाटै समितिको कार्यादेश बनाउने जिम्मा पाएको समितिमा भएको सहमति र विमतिको विषयलाई टुङ्ग्याउने गरी बैठक बस्ने भएको हो ।

प्रतिक्रिया