श्रीमती बलात्कारको अभियोग लागेका न्यायाधीश गिरी दोषी ठहर


काठमाडौं — श्रीमती बलात्कारको अभियोगमा थुनामा रहेका न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुषालको एकल इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्न आदेश गरेको जनाइएको छ । अब उनलाई सजाय निर्धारणका लागि २८ जेठमा फेरि अर्को सुनुवाई हुनेछ ।

कपिलवस्तु जिल्ला अदालतमा न्यायाधीशका रुपमा कार्यरत रहँदा प्रहरीमा जाहेरी परेपछि पक्राउ परी निलम्बनमा रहेका न्यायाधीश गिरी हाल थुनामा रहेका छन् ।

प्रतिक्रिया