गृहमन्त्रीको राजीनामा माग्दै पोखरामा सहकारी पीडितले गरे प्रदर्शन
पोखरा – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका छन् ।
सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले आफूहरूको रकम फिर्ता नपाएको भन्दै प्रदर्शन गरेका हुन् ।
सहकारी पीडितहरूले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।
उनीहरूले ‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्दै उनीहरूले सहकारी ठगी प्रकरणमा मुछिएकाले राजीनामा दिनसमेत माग गरेका छन् ।