राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

आइतबार महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिए ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री तोयम रायाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको एकसठ्ठिऔं वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ,” पन्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ

प्रतिक्रिया