
म्यानमारमा भइरहेको हत्या र दमनको विरोधमा नेपालमा प्रदर्शन
काठमाडौं – म्यानमारमा सैनिक सत्ताद्वारा भइरहेको हत्या र दमनको विरोधमा नेपालमा प्रदर्शन भएको छ ।
ललितपुरको भैंसेपाटीस्थित म्यानमार दूतावास अगाडि मानव अधिकार तथा शान्ति समाजले सोमबार विरोध प्रदर्शन गरेको हो ।
सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन, हत्या तथा दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार एवं निवर्तमान सभापति उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई लगायतको सहभागिता रहेको थियो ।



कागजपत्र |
