ठोकर्पा तेक्वान्दो डोजाङ्गमा ग्रेडिङ सम्पन्न, कृतिणा र सागर भए उत्कृष्ट खेलाडी


सिन्धुपाल्चोक – सुनकोशी गाँउपालिका वडा न २ ठोकर्पा मा।विमा रहेको ठोकर्पा तेक्वान्दो डोजाङ्गमा जुनियर ६७ जना खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।

ग्रेडिङ्ग कार्यक्रममा जुनियर तेक्वान्दो खेलाडिहरू महिला २९ र पुरूष ३८ जना गरि ६७ जना खेलाडीले भाग लिएका थिए । त्यसमध्ये महिला तर्फबाट कृतिणा क्षेत्री र पुरूष तर्फबाट सागर लामा उत्कृष्ट खेलाडी भइ पुरस्कृत भएका थिए । उक्त ग्रेडिङ्ग  परीक्षा जिल्ला अध्यक्ष सिन्धुपाल्चोक तेक्वान्दोका  संस्थापक प्रेम बहादुर भण्डारीले लिएको ठोकर्पा मा.वि तेक्वान्दो डोजाङ्गका प्रशिक्षक माधव कि.कले जनाए ।

सुनकोशी २ का वडाध्यक्ष पूर्ण बहादुर महतको अध्यक्षतामा सम्पन्न उक्त ग्रेडिङ कार्यक्रममा सुनकोशि गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना विशेष अतिथिका रूपमा उपस्थित भएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष तिमल्सिनाले खेलाडीलाई शुभकामना  दिँदै तेक्वान्दो खेल र तेक्वान्दो बिकासका लागि आफू सँधै सकारात्मक रहेको आउँदा दिनहरूमा पनि सहयोग गरि रहने प्रतिबद्घता समेत व्यक्त गरे ।

त्यस्तै उपाध्यक्ष कान्छि लामाले सम्पूर्ण खेलाडीलाई शुभकामना दिँदै तेक्वान्दो खेलका लागि आफ्नो ठाँउबाट सकेको सहयोग गर्ने बताइन् । उनले गाउँपालिकाका सबै विद्यालयहरूमा तेक्वान्दो सिकाउने व्यवस्था मिलाउनका लागि पहल गर्ने जनाइन् ।

कार्यक्रममा  गाँउपालिकाका पूर्वअध्यक्ष श्रवण कुमार जि.सि., उपाध्यक्ष कान्छि लामा, वडाध्यक्षहरू कुमार शाही, ईश्वर तिमल्सिना, नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेमबहादुर भण्डारी, ठोकर्पा माविका प्रधानाध्यापक रामचन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया