कार्यदलको बैठक सुरु


काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलको बैठक सुरु भएको छ ।

कानुन मन्त्रालयमा ३ बजेका लागि बोलाइएको बैठक समिति संयोजक तथा कानुन मन्त्री पदम गिरी पर्वतबाट आउन ढिलो भएकाले ४ बजे पछि बसेको हो ।

कस्तो र कुन प्रकारको छानबिन समिति बनाउने भन्ने बारेमा टीओआर तयार गर्न समितिको निर्णायक बैठक हुने गिरीको भनाइ छ ।

सहकारी ठगी प्रकरणमा सत्तापक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै नेपाली कांग्रेसले निरन्तर सदन अवरोध गरिरहेको छ ।

यता कांग्रेस पनि व्यक्तिको नाम उल्लेख नगर्ने तर गृहमन्त्री लामिछाने संलग्न संस्थाहरू माथि छानबिन गरेर जान सकिने आधारहरू निर्माण गरेर जाने सहमति हुन सक्ने बताएको छ ।

 

प्रतिक्रिया