वडाध्यक्षसहित १२ जना जुवा खेल्दा खेल्दै पक्राउ


गुल्मी – गुल्मीमा वडाध्यक्ष सहित १२ जना जुवाडे पक्राउ परेका छन्। युवा संघका जिल्ला संयोजक समेत रहेका गुल्मी रेसुंगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जनालाई जुवाको खालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रेसुङगा नगरपालिका वडा नं. ८ तम्घास स्थित एभरग्रीन होटलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए।

होटलमा जुवा खेलिरहेको सुराकीको आधारमा उनीहरुलाई सोमबार राती पक्राउ गरिएको हो। उनीहरूको साथबाट ७० हजार नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ गरिएका सबै रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाका भएको रावलले बताए।

प्रतिक्रिया