

छत्तीसगढमा प्रहरी र माओवादीबीच भिडन्त

नयाँ दिल्ली- भारतको छत्तीसगढको नारायणपुरमा सुरक्षाबलसँगको मुठभेडमा आठ माओवादी मारिएको प्रहरीले दाबी गरेको छ । प्रहरीको सर्च अपरेसन जारी रहेको र मारिनेको संख्या अझ बढ्न सक्ने जनाइएको छ ।
प्रहरीले बिहीबार बिहान ११ बजेतिर सो क्षेत्रमा अपरेसन सुरु गरेको थियो । बिहीबार प्रहरीसँग दिनभरी नै मुठभेड भएको र सोही क्रममा प्रहरीले राइफल बरामद गरेको हो ।
प्रहरीले घटनास्थलबाट क्षतिको पूर्ण विवरण आइनसकेको जनाएको छ ।

