

‘रनवे’को चिरा टालेपछि खुल्यो त्रिभुवन विमानस्थल

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । शुक्रबार विमानस्थलको धावन मार्गमा चिरा परेपछि सबै विमानहरू होल्ड भएका थिए ।
धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा चिरा देखिएपछि विमानलाई आकाशमै होल्ड गरिएको थियो । सो चिरा टालेर विमानस्थल सञ्चालनमा ल्याइएको हाे । विमानस्थल मर्मतपछि आकाशमै होल्ड गरिएका जहाज अवतरण गराइएको छ ।

