

फेरि सुरु भयाे सहकारी पीडितको आन्दोलन

काठमाडौं- सहकारी पीडितहरूले फेरि आन्दोलन सुरु गरेका छन् । बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै उनीहरूले पुनः आन्दोलन सुरु गरेका हुन् ।
काठमाडौं, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन सुरु भएको छ । उनीहरूले शान्तिपूर्ण अनिश्चितकालक धर्ना तथा रिले अनशन प्रदर्शन सुरु गरेका छन् ।

