त्रिभुवन विमानस्थलको ‘रनवे’मा चिरा, विमान आकाशमा उडेको उड्यै


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे(धावनमार्ग) चर्किएको छ । धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा चिरा देखिएपछि विमानलाई आकाशमै होल्ड गरिएको छ ।

चिरा देखिएपछि विमानस्थल पौने घण्टादेखि बन्द रहेकाे छ ।  सञ्‍चालनमा ल्याउन अझै आधा घण्टा लाग्ने विमानस्थल कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

रनवे चर्किएसँगै  थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेज, मलेसियाबाट आएको मलेसियन तथा नेपाल वायुसेवा निगमको विमान यतिखेर आकाशमै होल्ड गरिएको छ।

प्रतिक्रिया