अझै जुटेन कार्यदलमा सहमति, अर्को बैठकबाट सहमतिमा पुग्ने !


काठमाडौं – गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय समितिको क्षेत्राधिकार ‘टीओआर’ बनाउने कार्यदलको बैठकमा अझै सहमति हुन सकेको छैन ।

बिहीबारको बैठकमै दुवै पक्षले एक अर्कालाई लचक भएको भनेर सहमतिनजिक रहे पनि बिनासहमति नै टुंगिएको हो ।

‘बैठक टुंग्याएका छैनौँ, सहमति पनि भइसकेको छैन,’ समितिका सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले भने,‘अब हामी पनि हाम्रा नेतासँग कुरा गछौँ, कांग्रेसले पनि आफ्ना शीर्ष नेताहरूसँग कुरा गरेपछि अर्को बैठकबाट सहमतिमा पुग्छौँ ।’

स्रोतका अनुसार नेपाली कांग्रेसले लामिछानेको नाम नराखी समितिको टीओआर बनाउन अहिले पनि सहमति दिएको छैन । उसले गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेमाथि छानबिन गर्ने भन्ने नरम भाषा बनाउन प्रस्ताव गरेपछि त्यसमा सत्तारूढ दलहरूले आफ्ना नेतासँग सहमति लिने खोजीमा निस्किएका छन् ।

 

प्रतिक्रिया