प्रभु हेलिकप्टरको उडानमा कडाइ


काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले सगरमाथाको क्याम्प २ मा प्रभु हेलिकोप्टरले उडान गरेपछि पाइलटलाई रोक लगाएको छ ।

गत सोमबार अनुमतिबिना आधार शिविर भन्दा माथि हेलिकप्टर उडाएको आरोपमा प्राधिकरणले प्रभुको हेलिकोप्टरलाई सम्पूर्ण उडानमा कडाइ गरेर एक पाइलटलाई ग्राउण्डेड गरिदिएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उद्धार उडानको लागि जान पाउने भए पनि पुर्जालाई लिएर गएको हेलिकोप्टरले अनुमति नलिएकोले प्रभुका सबै हेलिकोप्टरको उडानमा कडाइ गरिएको छ ।

प्रभुले गरेको मेडिकल उद्धार उडानको विषयमा थप अध्ययन भइरहेकोले अर्को सूचना नभएसम्मका लागि प्रभुले उद्धार उडानबाहेकका अरु कार्गो तथा यात्रु सेवाको उडान गर्नमा रोक लागेको छ ।

 

प्रतिक्रिया