सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा पारिएकाे छ भने त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन् ।
नागरिकता कीर्ते सम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सिरोहियालाई काठमाडौंबाट पक्राउ गरेर धनुषा पुगाइएकाे थियाे ।
सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाखमा उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो।