कैलाश सिर‍‍ोहियाक‍‍ो गिरफ्तारी प्रतिशोधक‍ो नांगो कर्तुत : विमलेन्द्र निधि


काठमाडौँ – नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नांगो कर्तुत भएको बताएका छन् ।

निधिले सामाजिक सञ्जालमा लेख्दै सिरोहियाको गिरफ्तारीको भर्त्सना गरेका छन् ।

‘जनकपुरमा उनको र मेरो घर सडकको वारिपारि हो, उनको मातापिता र पूरै परिवारलाई म राम्ररी चिन्दछु । संचार क्षेत्रमा उनको योगदान अद्वितीय छ ।’

निधिले तत्काल​ सिरोहियाको रिहाइको माग पनि गरेका छन् ।

प्रतिक्रिया