
सिरोहिया पक्राउको क्रममा प्रहरी र गृहमन्त्रीविरुद्ध नाराबाजी
काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउको क्रममा गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी भएको छ ।
सिरोहियालाई उनको कार्यकक्षबाटै पक्राउ गरेर लैजाँदा त्यहाँ जम्मा भएकाहरूले गृहमन्त्री लामिछानेविरुद्ध र प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईसहितको टोलीले सिरोहियालाई पक्राउ पुर्जी बुझाएर लगेको हो ।
प्रहरीले पक्राउ गर्ने क्रममा सिरोहियाले आफूहरूले लडेर ल्याएको लोकतन्त्रमा आफूलाई प्रतिशोध साँध्न गिरफ्तार गरिएको बताए । थापाले सिरोहियालाई अनुसन्धान र थप कारबाहीका लागि धनुषा लगिने भएकाले कानुन व्यवसायीहरू पनि साथमै भएका छन् ।



कागजपत्र |
