

बुटवलमा खसीको भनेर बाख्राको मासु बेचिँदै

बुटवल- बुटवल उपमहानगरपालिकाले खसीबोकाको भनेर बाख्रीको मासु बिक्री गर्ने दुई वटा मासु पसललाई जरिवाना गरेको छ ।
शुक्रबार भएको अनुगमनका क्रममा खसीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको फेला परेपछि प्रति मासु पसल १० हजार रुपैंयाँका दरले जरिवाना गराइएको हो ।
बुटवलको न्यू मेहेन्दी मासु पसल र बुटवल उपमहानगरपालिका–१ को पप्पु मासु पसलले मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको, खसीबोका भनेर बाख्रीको मासु बेच्ने गरेको र दुर्गन्ध फैलाएको भन्दै पहिलोपटक १०/१० हजार जरिवाना गराइएको थियो ।

