भारतमा गुडिरहेको बसमा आगो लाग्यो, ८ जनाको मृत्यु


काठमाडौं- भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । भने, २० जना घाइते भएका छन् ।

कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा शनिबार बिहान बसमा आगो लागेको पीटीआईले जनाएको छ ।

८ जनाको बसभित्रै जलेर मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । बसमा करिब ६० जना सवार रहेको बताइएको छ ।

आगो कसरी लागेको भनेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया