गोरखामा पाैडिने क्रममा २ जनाको मृत्यु


गोरखा – गोरखामा छुट्टाछुछट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – १ बिरौटा बस्ने कर्णमान तामाङको छोरा वर्ष १६ को मनिष भनिने मेष तामाङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शुक्रवार बेलुका ४ बजेको समयमा मुगे स्थित चेपे खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

त्यस्तै गोरखा नगरपालिका – १० छेपेटार स्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका – ५ पाडा जुगे घर भएका १९ वर्षीय समीर श्रेष्ठले पनि ज्यान गुमाएका छन् ।

पालुङटार नगरपालिका – १ खोप्लाङ स्थित मृतक समीर करिब ३ बजे पौडी खेल्ने क्रममा दरौदी नदीमा डुबेका थिए । नदीमा डुबेर अचेत अवस्थामा फेला परेका उनको छेपेटार मेमोरियल अस्पतालबाट रिफर गरी गोरखा अस्पतालमा पुग्दा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । त्यस घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 

प्रतिक्रिया