राष्ट्रिय सभा बैठकमा आज यस्ता छन् कार्यसूची


काठमाडौं – संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, र राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची छन्।

य​स्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयनलगायत कार्यसूची पनि छन्। यस्तै कानूनमन्त्री र सञ्चारमन्त्रीले विधेयक पेश गर्ने कार्यसूची पनि छ।

बिहीबारको बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो।

प्रतिक्रिया