प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । बैठकमा कांग्रेसका सांसदहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’ लगायतका नारा लगाएका थिए ।

प्रतिपक्षको अवरोधकाबीच सभामुख देवराज घिमिरले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । उनले गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएका थिए । तर कांग्रेसका सांसद विरोधमा उत्रिएपछि बैठकमा धकेलाधकेल भएको थियो ।

 

प्रतिक्रिया