मेयर बालेन र नगर प्रहरी प्रमुख राजु पाण्डेविरुद्ध मुद्दा दायर, कैद सजायको माग


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध मुद्दा दायर गरिएको छ ।

आज जिल्ला अदालतमा काठमाडौँमा कुटपिट र लुटपाटको मुद्दा दायर भएको अदालतका प्रवक्ता चन्द्र पन्थीले बताए ।

प्रवक्ता पन्थीका अनुसार प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै मेयर साह, नगर प्रहरी प्रमुख शाह र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध अदालतमा कुटपिट र लुटपाटको फिराद दर्ता गराएका हुन् ।

उनले उनीहरूलाई कुटपिटबापत मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गरेका छन् ।

त्यस्तै लुटपाटतर्फ दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरेका पन्थीले बताए ।

प्रतिक्रिया