

प्रधानमन्त्री, ओली र रवि लामिछानेबीच छलफल जारी

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच नयाँ बानेश्वरमा छलफल जारी छ ।
संसद् भवनमा जारी छलफलमा प्रमुख प्रतिपक्ष काँग्रेसले संसद्मा देखाएको व्यवहार, संसद् अवरुद्ध र निकासका विषय छलफल भइरहेको एक नेताले बताए । काँग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले बिहीबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्ने समय दिएपछि काँग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको छ । यो अवस्थाका कारण गृहमन्त्रीले बोल्न भने पाएनन् ।
सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण भएर आएको पत्र पढेर सुनाएका थिए ।

