

संसदमा काँग्रेस र एमाले सांसदबीच धकेलाधकेल, बैठक स्थगित

काठमाडौँ – प्रतिनिधि सभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ ।
सभामुख देवराज घिमिरेले नेपाली काँग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो ।
सभामुखले गृहमन्त्रीलाई समय दिँदा काँग्रेस सांसदहरुले रोष्ट्रममा नाराबाजी गरिरहेका थिए । नाराबाजीपछि बैठक स्थगित गरिएको छ ।
सांसदहरुबीच मुडभेडको स्थिती भएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका छन्

