

बहसका लागि बाइडेन र ट्रम्प सहमत

काठमाडौं- अमेरिकाका राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत भएका छन् ।
बीबीसीका अनुसार बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुईवटा राष्ट्रपतीय बहस हुनेछन् ।
सीएनएनले जर्जिया राज्यमा जुन २७ मा पहिलो बहस आयोजना गर्ने छ भने दोस्रो बहस सेप्टेम्बर १० मा एबीसीमा हुनेछ ।
बुधबार अमेरिकी राष्ट्रपति बाइडेनले ट्रम्पलाई दुई वटा बहस गर्नका लागि प्रस्ताव गरेका थिए । ट्रम्पले तुरुन्तै उक्त प्रस्ताव स्वीकार गरेका हुन् ।

