राष्ट्रसंघमा कार्यरत भारतीय नागरिक गाजामा मारिए


गाजा- गाजामा इजरायली ट्यांक आक्रमणमा  भारतीय नागरिक कर्णेल वैभव कालेको मृत्यु भएको  छ।

संयुक्त राष्ट्रसंघमा कार्यरत  भारतका पूर्व सैनिक कालेको गएको सोमबार रफाहनजिक आक्रमणमा परी मृत्यु भएको हो । संयुक्त राष्ट्रसंघको गाडीमा भएको आक्रमणमा परी राष्ट्रसंघकै अर्का एकजना स्टाफ पनि घाइते भएको जनाइएको छ ।

गाजामा आक्रमण सुरू भएपछि कालेको मृत्यु संयुक्त राष्ट्रसंघका कर्मचारीको पहिलो मृत्यु भएको जनाइएको छ ।

४६ वर्षीय मृतक कर्णेल काले भारतको महाराष्ट्रका हुन् ।

प्रतिक्रिया