

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिने माओवादीको निर्णय

कैलाली- नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप समेत जारी गरेको छ ।
प्रदेशसभा सदस्य ओमविक्रम भाटले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदैछन् ।

