काफल टिप्न रुख चढेकी गीता लडेर घाइते


बैतडी- काफलको रुखबाट लडेर बैतडीमा एक किशोरी घाइते भएकी छन् । जिल्लाको पुर्चौंडी नगरपालिका–८ बबिडा घर भएकी १४ वर्षीया गीता धामी काफलको रुखबाट लडेर घाइते भएकी हुन् ।

बुधबार बिहान घर नजिकैको काफलको रुखमा काफल टिप्नका लागि गएकी धामी लडेर घाइते भएकी हुन् । घाइते धामीको बाँया खुट्टाको तीघ्रा र दाहिने हातमा चोट रहेको छ ।

डडेल्धुरा अस्पातलमा समान्य उपचारपछि उनलाई धनगढी लगिएको छ । घाइते धामीलाई बुधबार राति उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पातलमा पुर्याएको र आईसीयूमा राखेर उपचार भइरहेको उनका बुवा गणेश धामीले बताए ।

प्रतिक्रिया