
न्यायमूर्तिप्रति आभारी छु : सन्दीप लामिछाने
काठमाडौँ – उच्च अदालत पाटनले सफाइ दिने फैसलासँगै क्रिकेटर सन्दीप लामिछानेले न्यायमूर्तिप्रति आभारी रहेको बताएका छन् ।
फैसलापछि राहतको लामो सास फेरेका लामिछानेले अदालतले न्याय दिएको बताएका हुन् ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाइदिएको छ ।
फैसलापछि सन्दीपले अदालत र न्यायाधीशहरूप्रति आभार प्रकट गर्दै सन्दीपले ढिलै भए पनि आफूले न्याय पाएको प्रतिक्रिया दिए ।
उनले भने, ‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरूप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ ।”



कागजपत्र |
