दीपेन्द्र टी–२० वरीयताकाे टप १० मा


काठमाडौं- नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा पुगेका छन् ।

आईसीसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १० औं स्थानमा छन् ।  टी२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औं र गुलशन झा ६० औं स्थानमा यथावत छन् । रोहित पौडेल एक स्थान घट्दै ६५ औं स्थानमा छन् भने करण केसीले एक स्थान सुधार गर्दै ७४ औं छन् ।

 

प्रतिक्रिया