सन्दीपको फैसला उल्टिने भविष्यवाणी गर्ने देउवाका ज्योतिषीलाई धम्की


काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिषी सुरेश चन्द्र रिजालले  क्रिकेटर सन्दीप लामिछानेको बारेमा पनि भविष्यवाणी गरेका थिए । उनले लामिछानेको फैसला उल्टिने ग्रहयोग परेको बताएका थिए ।

गत पुस २५ गते जिल्ला अदालत काठमाडौँले लामिछानेले उजुरी दिने युवती (गौशाला २६) लाई बलात्कार गरेको ठहर गर्दै ८ वर्ष कैद र ५ लाखको जरिवानाको फैसला गरेको थियो । सोही फैसलापछि ज्योतिजी रिजालले वक्रदृष्टि खण्डित ग्रहयोगमा ८ वर्ष कैद सजाय भएकोले छिट्टै फैसला उल्टने संकेत रहेको बताएका थिए ।

सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि हिजो(मंगलबार) ‘हेर्दाहेर्दै’मा राखिएको थियो । फैसला हेर्दाहेर्दैमा राखिएपछि युवती पक्षहरुले फोन तथा सामाजिक सञ्जालबाट आफूलाई धम्कीपूर्ण दबाब दिइरहेको ज्योतिषी रिजालले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्रिकेटर सन्दीप लामिछानेको फैसला उल्टिने वक्रदृष्टि ग्रहयोग परेको छ भनेर भविष्यवाणी गरेकै कारण मंगलबार फैसला हेर्दाहेर्दैमा राखिएपछि उनका विपक्षीहरुले फोन तथा सामाजिक सञ्जालबाट निक्कै धम्कीपूर्ण दबाब दिइरहेकाछन् । सत्यको जित अवश्य हुन्छ ।’

उक्त मुद्दामा आज फैसला हुने सम्भावना रहेको बताइएको छ ।

 

 

प्रतिक्रिया