एक हजारले बढ्यो सुनको मूल्य


काठमाडाैं- नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार रुपैयाँले बढेसँगै छापावाल सुन प्रतितोला एक लाख ३८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँ बढेर आज प्रतितोला १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया