
व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश
पोखरा — उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले निर्वाचन सकिएको २ वर्षपछि स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले उच्च अदालत पोखरामा दिएको रिटको पक्षमा पुनः मतगणना गर्न आदेश दिएको हो ।
नेकपा एमालेको समर्थनमा कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए ।
निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्दा हालेका थिए । जोशी २५२ मतले पराजित भएका थिए ।



कागजपत्र |
