अत्याधिक सवारी चाप भएका सडकखण्डमा अन्डरपास र ओभरपास निर्माण गरिने


काठमाडौं – सरकारले काठमाडौंको चक्रपथमा अत्यधिक जाम हुने ठाउँमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले भने, “काठमाडौंको चक्रपथ विस्तार गर्दा अत्यधिक सवारी चाप भएका सडकखण्डमा अन्डरपास र ओभरपास निर्माण गरिनेछ ।”

यस्तै, राष्ट्रिय राजमार्गमा पर्ने प्रमुख नदीमा आधुनिक र विशेष किसिमका पुल बनाइने उनले बताए ।

प्रतिक्रिया