
मोरङमा दुई राउण्ड गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ
काठमाडौं- मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर एक जना कारोबारीलाई पक्राउ गरिएको हाे ।
घटनामा भारतको बिहार, किसनगञ्ज–८ बस्ने भागिरथ हरिजन घाइते भएका छन् । एक जना प्रहरी सहायक निरीक्षक पनि सामान्य घाइते भएका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयले उक्त संयुक्त अपरेशन चलाएको थियो ।



कागजपत्र |
