क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाई सुरु


काठमाडौं — क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाई सुरु भएको छ ।

पाटन उच्च अदालतमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा पहिलो नम्बरमै परेको मुद्दाको सुनुवाई सुरु भएको हो ।

सुनुवाईपछि फैसला आउँदा सन्दीपले सफाई पाएको खण्डमा उनलाई विश्वकप खेल्ने ढोका खुल्नेछ ।

सुनुवाई सुरु भए पनि बहसका लागि कानुनव्यवसायीहरुको लिस्ट लामो भएका कारण आजै सुनुवाई सकिने सम्भावना भने कम रहेको जनाइएको छ ।

उनको मुद्दा लामोसमयदेखि विभिन्न कारणले पछि सर्दै आएको थियो ।

प्रतिक्रिया