४ दिनअघि सर्पले डसेर बिरामी भएका बालकको मृत्यु


पूर्वी नवलपरासी- ४ दिनअघि घरमै सर्पले डसेको एक बालकको आज(मंगलबार) बिहान मृत्यु भएको छ ।

मध्यबिन्दु नगरपालिका-१२ ज्वाइँथरका ७ वर्षीय बालक प्रिजन कुमाललाई घरमै खेल्दै गर्दा गत शुक्रबार सर्पले डसेको थियो ।

चितवन मेडिकल कलेजमा उपचाररत उनको अवस्थामा सुधार नभएपछि चिकित्सकले सोमबार घर लैजान भनेका थिए ।  उनलाई आजै बिहान घरमा ल्याइएको थियाे ।

 

प्रतिक्रिया