स्काउट पदाधिकारीहरूलाई राजनीतिमा संलग्न नरहेको स्वघोषणा गर्न मन्त्री श्रेष्ठको आग्रह


काठमाडौँ – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउटको सदस्यले कुनै राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्न आग्रह गरेका छन् ।

नेपाल स्काउटका प्रमुखसमेत रहेका मन्त्री श्रेष्ठले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै राजनैतिक दलको सदस्यता नलिएको र राजनैतिक गतिविधिमा संलग्न नभएको स्पष्ट व्यवस्था रहेको भन्दै राजनीतिक दलको सदस्यता त्याग नगरे कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

नेपाल स्काउटमा निर्वाचित पदाधिकारी विभिन्न राजनैतिक दलमा आबद्ध रही राजनैतिक गतिविधिमा सक्रिय रहेकोले कानूनबमोजिम कारबाही गर्न भनी स्काउटरबाट उजुरी तथा गुनासो आएको भन्दै मन्त्री श्रेष्ठले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया