सोमबार २४.३९ अंकले बढ्यो नेप्से


काठमाडौं – सेयर बजार मापन गर्ने नेप्से सूचक सोमबार २४.३९ अंक अर्थात १.२३ प्रतिशतले बढेर १९९८.८९ अंकमा पुगेको छ।

सोमबार २४४ कम्पनीको कारोबार भएकोमा १४८ कम्पनीको मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको मूल्य यथावत रहेको छ ।

आज नारायणी विकास बैंक, समाज लघुवित्त, माण्डु हाइड्रो, सिर्जनशील लघुवित्त र हिलाइन उर्जाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने सीवाईसी लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सनराइज म्यूचुअल फन्ड, एनआईसी एसिया ग्रोथ फन्ड रिभर फल्स हाइड्रोका लगानीकर्ताले गुमाएका छन् ।

सोमबार नेप्सेमा ९५ लाख ४१ हजार कित्ता सेयर ४५ हजार ८२८ पटक ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ।

प्रतिक्रिया