अमेरिकाको सपना देखाएर केन्यामा बन्धक बनाउने गिरोहका नाइके पक्राउ


काठमाडाैं- वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडा लगायतका देशहरुमा पठाइदिन्छौं भनी १० नेपालीलाई केन्या पुर्‍याएर बन्धक बनाउने गिरोहका नाइके पक्राउ परेका छन् ।

भारतमा बसेर काठमाडौँमा एजेन्टमार्फत अमेरिका सपना देखाएर ७ करोड भन्दा धेरै ठगेको आरोपमा ओखलढुङ्गाका जगत बहादुर तामाङ पक्राउ परेका हुन् ।

वैशाख २८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले  सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीया ङिमवटी शेर्पा, १९ वर्षीया निमा शेर्पा र भोटेकोशी गाउँपालिका–२ घर भएर बूढानीलकण्ठ बस्ने ४७ वर्षका टासी शेर्पालाई सार्वजनिक गरेको थियो ।

उनीहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्‍याएका थिए । उनीहरूलाई जगत बहादुरले परिचालन गर्ने गरेको प्रहरीको अनुसन्धानले देखिएकाे छ ।

 

प्रतिक्रिया