आज मधेश सरकारमा मुख्यमन्त्रीको दाबी पेश गर्दै एमाले, कुन दलका कति सांसद ?


जनकपुरधाम — मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि आज चार दलले दाबी पेश गर्ने भएका छन् ।

आइतबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएलगत्तै जनमत पार्टी र लोसपासँग छलफल गरेपछि एमाले संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने टुङ्गो लागेको जनाइएको छ ।

नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष दावी पेश गरिने एक एमाले केन्द्रीय सदस्यले जनाए ।

मधेश प्रदेशमा १०७ सांसद छन् । सरकार बनाउन मात्र ५४ सांसद आवश्यक पर्छ । तर सरकारको दावी गर्न लागेका चार दलसँग ५५ सांसद छन् ।

प्रतिक्रिया